माइतीघर मण्डलाबाट आठ जेनजी युवा प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ७ पुष २०८२ १६:२८ | Monday, December 22, 2025
12
SHARES
माइतीघर मण्डलाबाट आठ जेनजी युवा प्रहरी नियन्त्रणमा

काठमाडौँ– मिराज ढुंगाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, ¥यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लंघन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जेनजी समूहले उठाएका माग, मुद्दा सम्बोधन नभएको भन्दै माइतीघर मण्डला क्षेत्रमा नाराबाजीसहित प्रदर्शनमा उत्रेका आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित: ७ पुष २०८२ १६:२८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast