काठमाडौँ- मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ।
आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको प्रशासन स्रोतले जनाएको छ।
ढुंगाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो। ढुंगानाले गरी खान देऊ अभियान चलाउँछन्। जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो।
प्रकाशित: ७ पुष २०८२ ११:२१
प्रतिक्रिया




