सुनचाँदीको मूल्यमा कीर्तिमान

हिमाल प्रेस ७ पुष २०८२ १०:५८
14
SHARES
सुनचाँदीको मूल्यमा कीर्तिमान

काठमाडौँ- सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ।

जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो। यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ। गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ७ पुष २०८२ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast