जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सुरु भयो ‘टाइम कार्ड’

हिमाल प्रेस ५ माघ २०७९ १६:५९ | Thursday, January 19, 2023
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सुरु भयो ‘टाइम कार्ड’

काठमाडौँ- सेवाग्राहीको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘टाइम कार्ड’ लागू गरेको छ।जतिसक्दो चाँडै सेवा दिने गरी टाइम कार्ड लागू गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। आज बिहीबादेखि सुरु भएको टाइमकार्डअनुसार नयाँ नागरिकता बनाउन मध्याह्न १२ बजेभित्र पेस भएका निवेदनलाई १ बजेभित्र सेवा दिने, १२ बजेपछि आएका निवेदकलाई दिउँसो ३ बजेदेखि ४ बजेसम्म सेवा दिइनेछ।

नागरिकताको प्रतिलिपीका लागि निवेदकको अभिलेक भिडाएको एक घन्टाभित्रै सेवा दिने बताइएको छ।  त्यस्तै राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भरी पेस भएका निवेदनलाई पनि एकघन्टाभित्रै सेवा दिने गरी टाइम कार्ड लागू गरिएको छ।  ई-पासपोर्टका लागि टोकन प्रणालीअनुसार सेवा दिइने प्रशासनले जनाएको छ।

 प्रशासन कार्यालयका अनुसार दैनिक करिब एकसय नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी ६० वितरण,  ई-पासपोर्टका लागि २५० निवेदन पस, सिफारिसहरू २५ वटासम्म हुँदै आएको छ।

 

प्रकाशित: ५ माघ २०७९ १६:५९ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast