महन्थ ठाकुर महोत्तरी–३ बाट सिफारिस

हिमाल प्रेस ४ पुष २०८२ १८:२१ | Friday, December 19, 2025
18
SHARES
महन्थ ठाकुर महोत्तरी–३ बाट सिफारिस

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको क्षेत्रीय समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ठाकुरको नाम सिफारिस गरेको हो।

लोसपा नेता अजय झाले बैठकबाट अध्यक्ष ठाकुरको नाम सर्वसम्मतले सिफारिस भएको जानकारी दिए।

लोसपा अध्यक्ष ठाकुर यसअघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट उनी यो क्षेत्रबाट निर्वाचित भएका हुन्।

अध्यक्ष ठाकुरको नाम तेस्रोपटक महोत्तरी–३ बाट सिफारिस भएको हो। यसअघि उनको नाम सर्लाहीबाट समानुपातिकतर्फ समेत सिफारिस भएको थियो।

प्रकाशित: ४ पुष २०८२ १८:२१ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast