हल प्रदर्शनको दोस्रो सातामै ओटीटीमा आउँदै ‘पीआर’

हिमाल प्रेस ४ पुष २०८२ १३:५६ | Friday, December 19, 2025
36
SHARES
हल प्रदर्शनको दोस्रो सातामै ओटीटीमा आउँदै ‘पीआर’

काठमाडौँ- गत मंसिर २६ देखि हलमा प्रदर्शन भएको फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मा आउने भएको छ।  पुस १० देखि ओटीटीमा फिल्म सार्वजनिक गर्न लागेको निर्देशक शोभित बस्नेतले जानकारी दिए।

फिल्मका निर्देशक  बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच बिहिबार कागजी सम्झौता भएको हो।

सबै ठाउँमा फिल्म हल नभएकोले हेर्न इच्छुक दर्शकका लागि ओटिटीमा सार्वजनिक गर्न लागेको निर्देशक बस्नेतले बताए। ‘सबै ठाउँमा फिल्म हल छैन। कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’ निर्देशक बस्नेतले भने, ‘त्यसकारण हामीले डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत फिल्म प्रसारण गर्न लागेका हौँ।’

फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाले स्थायी आवासीय पत्र (पीआर) पाउनका लागि गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ। अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्मलाई हलमा औसत प्रतिक्रिया मिलेको थियाे। प्रायः हलले फिल्म उतारिसकेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायललगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।

प्रकाशित: ४ पुष २०८२ १३:५६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast