छुट पुर्जी लिन भैरहवा जाँदै रवि

हिमाल प्रेस ४ पुष २०८२ १०:०२ | Friday, December 19, 2025
20
SHARES
छुट पुर्जी लिन भैरहवा जाँदै रवि फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदैछन्।

नख्खु कारागार प्रशासनले उनलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। केहीबेरमा उनी जहाजमार्फत भैरहवा जाँदैछन्।

रुपन्देही जिल्ला अदालतमा पुगेर रविले छुटपुर्जीका लागि आवश्यक कागजात लिनुपर्नेछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले लामिछानेको पेस भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

भैरहवा जाने बिहान ७:५५ को टिकट भए पनि विमानस्थल आसपास हुस्सु लागेसँगै उडान केही समय ढिला भएको छ।

भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण हालसम्म कुनै पनि विमान उडान गरिएको छैन।

सूचना अधिकारी विनोदसिंह राउतका अनुसार दृश्यता खुल्न करिब दुई घण्टा लाग्ने अनुमान छ। यसबीच रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी भेला भइसकेका छन्।

प्रकाशित: ४ पुष २०८२ १०:०२ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast