रवि लामिछानेलाई ससर्त रिहा गर्ने निर्णय स्वागतयोग्य : डा.भट्टराई

हिमाल प्रेस ४ पुष २०८२ ७:१६ | Friday, December 19, 2025
16
SHARES
रवि लामिछानेलाई ससर्त रिहा गर्ने निर्णय स्वागतयोग्य : डा.भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले ससर्त धरौटीमा रिहा गर्दै मुद्दा अघि बढाउने निर्णयलाई स्वागतयोग्य भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा.भट्टराईले उक्त निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुवै दृष्टिले सकारात्मक रहेको उल्लेख गरेका छन्।

अदालतको निर्णयले रविलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर मिलेको, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने बाटो खुलेको र सहकारी पीडितहरूले पनि आफ्ना गहिरा पीडाको सम्बोधन कानुनी प्रक्रियामार्फतै पाउने मार्ग प्रशस्त भएको उनको भनाइ छ।

डा.भट्टराईले आफूले गत वर्षदेखि नै यही धारणा राख्दै आएको स्मरण गराउँदै पोखराको प्रहरी हिरासतमा रहेका बेला रवि लामिछानेलाई भेटेर बाहिरिएपछि मिडियासमक्ष व्यक्त गरेको विचारसमेत उल्लेख गरेका छन्।

लोकतन्त्रको सौन्दर्य यही भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। तथ्यबाट सत्य खोज्नुपर्ने र कुनै पनि उडन्ते अनुमान तथा ‘षड्यन्त्रको सिद्धान्त’को पछि नलाग्न उनले आग्रह गरेका छन्।

‘रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा ससर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुबै हिसाबले स्वागतयोग्य छ। यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहीरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ,’ डा.भट्टराईले लेखेका छन्,‘मैले गत वर्षदेखि नै यही कुरा भन्दै आएको हुँ। लोकतन्त्रको सौन्दर्य यही हो। सबैले आत्मसात गरौं। तथ्यबाट सत्य खोजौं। कुनै उडन्ते अनुमानवाजी र ‘षड्यन्त्रको सिद्धान्त’ को पछि नलागौं।’

रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

प्रकाशित: ४ पुष २०८२ ७:१६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast