मौसम : यी प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव

हिमाल प्रेस ४ पुष २०८२ ६:३० | Friday, December 19, 2025
22
SHARES
मौसम : यी प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ।

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: ४ पुष २०८२ ६:३० | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast