धनुषा–२ बाट कांग्रेसका तीन उम्मेदवार सिफारिस

हिमाल प्रेस ३ पुष २०८२ १६:०३ | Thursday, December 18, 2025
16
SHARES
धनुषा–२ बाट कांग्रेसका तीन उम्मेदवार सिफारिस

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट तीन जना सिफारिस भएका छन्।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस भएको छ। प्रसैला संविधानसभा सदस्य हुन् भने रामकृष्ण र मुक्ता विघटित प्रतिनिधिसभाका सदस्य हुन्।

२०७९ सालको निर्वाचनमा रामकृष्ण प्रत्यक्षतर्फ र मुक्ता समानुपातिकबाट निर्वाचित भएकी थिइन्।

क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति नवीनकुमार गोहिवारले जानकारी दिए।

त्यस्तै माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि धनुषा–२ बाट दुई जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय समितिले राष्ट्रियसभाका लागि अल्पसंख्यक वा अपाङ्गता कोटाबाट महेशशंकर गिरी र अन्यतर्फ शत्रुधन यादवको नाम सिफारिस गरिएको छ।

प्रकाशित: ३ पुष २०८२ १६:०३ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast