सुनको मूल्य बढ्यो, कति पुग्यो?

हिमाल प्रेस २ पुष २०८२ ११:२३
16
SHARES
सुनको मूल्य बढ्यो, कति पुग्यो?

काठमाडौँ- सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यति नै परिमाणको चाँदी १७० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: २ पुष २०८२ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast