एमाले महाधिवेशन : अब बुधबार मात्रै मतदान

हिमाल प्रेस १ पुष २०८२ २०:४३ | Tuesday, December 16, 2025
एमाले महाधिवेशन : अब बुधबार मात्रै मतदान

काठमाडौँ- एमालेको नयाँ नेतृत्वका लागि आज (मंगलबार) हुने भनिएको मतदान अब भोलि (बुधबार) हुने भएको छ। नयाँ नेतृत्वका लागि आज साँझ मतदान हुने भनिएको थियो। तर अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै बुधबार बिहान ८ बजेपछि मतदान गर्ने गरी स्थगित भएको हो।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको हो।  तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ।  महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: १ पुष २०८२ २०:४३ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast