पाँच फर्मलाई जरिवाना

हिमाल प्रेस १ पुष २०८२ ८:२४
6
SHARES
पाँच फर्मलाई जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ। विभागले उद्योग तथा फर्मको अनुगमनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुगमनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजारका दरले जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ९घ० बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रूपमा नै अनुगमन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ। रासस

प्रकाशित: १ पुष २०८२ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast