मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

हिमाल प्रेस २९ मंसिर २०८२ ७:०५ | Monday, December 15, 2025
14
SHARES
मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण फाइल तस्बिर

तनहुँ- मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार निरीक्षण गरेका छन्। सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे।

मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे ।

उनले भने, ‘मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडौँसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।’

मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।

निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरुको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भने, ‘कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरुलाई कारबाही गर्छौँ ।’

प्रकाशित: २९ मंसिर २०८२ ७:०५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast