बिहार सरकारका मन्त्री नवीन बने भाजपाको राष्ट्रिय अध्यक्ष

हिमाल प्रेस २८ मंसिर २०८२ २०:०२ | Sunday, December 14, 2025
26
SHARES
बिहार सरकारका मन्त्री नवीन बने भाजपाको राष्ट्रिय अध्यक्ष

काठमाडौँ- बिहार सरकारका मन्त्री नितिन नवीन भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष बनेका छन्। भाजपा संसदीय बोर्डले आइतबार नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले संसदीय बोर्डले बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्। उनी बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित भएका छन्।

अध्यक्ष नियुक्त भएपछि नवीनले पार्टीका वरिष्ठ नेताहरूलाई धन्यवाद दिएका छन्। उनी सन् २००६ मा पहिलोपटक पटना पश्चिम विधानसभा सिटबाट निर्वाचित भएर विधायक बनेका थिए। सन् २०१० देखि २०२५ सम्म उनी लगातार पाँचपटक बाँकीपुर सिटबाट निर्वाचित हुँदै आएका छन्।

प्रकाशित: २८ मंसिर २०८२ २०:०२ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast