भिजिट भिसा अनियमितता प्रकरण : २५ लाख धरौटीमा रिहा भए तत्कालीन सहसचिव

हिमाल प्रेस २७ मंसिर २०८२ ७:०१ | Saturday, December 13, 2025
12
SHARES
भिजिट भिसा अनियमितता प्रकरण : २५ लाख धरौटीमा रिहा भए तत्कालीन सहसचिव

काठमाडौँ- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुन्छेक बहस सकिएको छ।

बहसपछि विशेष अदालतले तत्कालीन सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग गरी बाहिरै बसेर मुद्दा लड्न पाउने गरी आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीराज श्रेष्ठको इजलासले भट्टराईलाई २५ लाख धरौटी राखेर मुद्दा लड्न पाउने आदेश गरेको हो।

थुनछेक बहसपछि आदेश गर्ने क्रममा न्यायाधीशहरूबीच राय बाझिएको छ। अध्यक्ष भट्ट र सदस्य पौडेलले २५ लाख धरौटी माग्ने आदेश गरे भने सदस्य श्रेष्ठले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने भन्दै फरक राय राखेका छन्।

प्रकाशित: २७ मंसिर २०८२ ७:०१ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast