मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

हिमाल प्रेस २६ मंसिर २०८२ ९:५० | Friday, December 12, 2025
16
SHARES
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ- घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।

किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्यांग्रा खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिब रु ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए।पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरू पशुपालन व्यवसाय छोड्न थालिसकेका छन्।

प्रकाशित: २६ मंसिर २०८२ ९:५० | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast