‘पीआर’ को प्रिमियरमा सेलिब्रेटीले गरे नव कलाकारको चर्चा

हिमाल प्रेस २५ मंसिर २०८२ १२:१३ | Thursday, December 11, 2025
36
SHARES
‘पीआर’ को प्रिमियरमा सेलिब्रेटीले गरे नव कलाकारको चर्चा

काठमाडौँ- यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शन हुने फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को उपत्यकामा प्रिमियर गरिएको छ। निर्माण टिमले बुधबार बेलुका क्युएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर आयोजना गरेको थियो।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दनालगायतको बाक्लो उपस्थिति थियो।

फिल्ममा नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) पाउनका लागि कतिको संघर्ष गर्नुपर्छ र घरको ऋणले कसरी सताउँछ भन्ने देखाउन खोजिएको छ। अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई पनि केलाउने प्रयास गरेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल र विनिता कार्की मुख्य भूमिकामा छन्। याे उनीहरूकाे डेब्यु फिल्म हाे। साथै फिल्ममा अन्य कलाकारमा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीले अभिनय गरेका छन्।

फिल्म हेरिसकेपछि अभिनेत्री रेखा थापाले नव कलाकारहरूको काम मन परेको भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन्। चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनयको तारिफ गरे।

अभिनेता सलिनमान बनियाँले फिल्ममा कलाकार नयाँ जस्तो नलागेको बताए। डेब्यु फिल्मका लागि उहाँहरूले एकदमै राम्रो गर्नुभएको छ,’ मिडियासँगको कुराकानीमा उनले भने, ‘मैले डेब्यु गर्दाको फिल्म भन्दा उहाँहरूको काम उत्कृष्ट लाग्यो।’

 अभिनेत्री रेजिना उप्रेतीले आफूलाई फिल्मको केहि दृश्यले भावुक बनाएको प्रतिक्रिया दिइन्। नेपालीहरु विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफुलाई छोएको बताइन्।

उपस्थित अन्य कलाकारले पनि नव कलाकार सुरज र विनिता कार्कीलाई बधाई तथा आगामी कामको शुभकामना दिए।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक शोभित बस्नेतले निकै खुशी महसुस गरेको बताए। उनले भने, ‘यिनीहरू (सुरज र विनिता) हल भित्र प्रवेश गर्दा कसैले चिनेको थिएन। बाहिर निस्किदा वाह! वाह! भनेको देखेर मलाई भनेको जस्तो लाग्यो। किनभने हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा म आफैं छु जस्तो फिल्म भइरहेको थियो।’

रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १२:१३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast