कुनै झोँकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छैन : ईश्वर पोखरेल

हिमाल प्रेस २४ मंसिर २०८२ १७:४६ | Wednesday, December 10, 2025
32
SHARES
कुनै झोँकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छैन : ईश्वर पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

बुधबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोँकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभई कार्यसम्पादनको शैलीलाई सही दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन्।

उनले आफू पार्टी नेतृत्वमा उठ्ने विषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाई समेत जानकारी गराएको बताए। पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने स्पष्ट पारे।

उनले निर्वाचनमा भाग लिइसकेपछि त्यसको परिणामलाई स्वीकार गर्न आफू तयार रहेको भन्दै भीम रावल र माधव नेपालको जस्तो दृष्टान्त आफूहरुमा लागू नहुने जिकिर गरे।

पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफू संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए। तर केपी ओलीले नै अध्यक्षमा दाबी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगप्रति केही असन्तुष्टि रहे पनि आयोगले बोलाउँदा अध्यक्ष केपी ओली बयान दिन जानुपर्ने समेत बताए।

प्रकाशित: २४ मंसिर २०८२ १७:४६ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast