नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

हिमाल प्रेस २४ मंसिर २०८२ १६:५३ | Wednesday, December 10, 2025
18
SHARES
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ।

आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो।

आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ।

प्रकाशित: २४ मंसिर २०८२ १६:५३ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast