डिशहोम एआई ‘खुसी’ सार्वजनिक, प्रत्येक घरमा एआई पुर्‍याउने लक्ष्य

हिमाल प्रेस २३ मंसिर २०८२ ११:४६
डिशहोम एआई ‘खुसी’ सार्वजनिक, प्रत्येक घरमा एआई पुर्‍याउने लक्ष्य

काठमाडौँ- डिशहोमले नेपाली बजारमा डिशहोम एआई ‘खुसी’ सार्वजनिक गरेको छ। एआई प्रविधिको प्रयोगबाट दैनन्दिन जीवनमा सहज सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले यो सेवा सुरु गरेको बताइएको छ। यसअघि पनि डिशहोमले एआई, क्लाउड तथा डिजिटल सेवामा निरन्तर लगानी गर्दै आएको छ।

एआई ‘खुसी’ ले स्वास्थ्य, शिक्षा, जीवनशैली तथा दैनन्दिन जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ। ग्रामीण तथा दूरदराजसम्म एआईको पहुँच विस्तार गर्ने लक्ष्यसहित सेवा परीक्षण हुँदै गएको र २०२५ सम्म यो सेवाले स्थानीय तहमा समेत विस्तार पाउने योजना बनाइएको जानकारी दिइएको छ। यसका लागि आवश्यक पूर्वाधार, स्थानीय साझेदारी र सिकाइ कार्यक्रम सञ्चालन गरिनेछ।

एआई प्रयोगकर्ताले नेपाली भाषामै संवाद गर्न सक्ने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। स्वास्थ्य सल्लाह, कृषि जानकारी, सीप विकास, मनोस्वास्थ्य, आर्थिक परामर्शलगायत क्षेत्रमा यसको प्रयोग गर्न सकिने छ। कम्पनीका अनुसार एआई ‘खुसी’ ले प्रयोगकर्ताको उमेर, भाषा तथा आवश्यकताअनुसार बोध र जवाफ दिने क्षमता राख्छ।

कम्पनीका प्रतिनिधि अनिल कुमार शाहका अनुसार एआई सेवाले नेपालमा डिजिटल पहुँच बढाउने र प्रत्येक व्यक्तिलाई प्रविधिसँग जोड्ने लक्ष्य राखिएको छ।

ग्रामीण भेगका विद्यार्थी, महिला, किसान तथा सामान्य प्रयोगकर्ताले प्रत्यक्ष लाभ पाउने उनले बताए। ‘स्थानीय तहसम्म विस्तार गर्न थालेको एआई सेवा अब डिजिटल समावेशीतर्फ महत्वपूर्ण फड्को हुने विश्वास हामीले लिएका छौँ,’ शाहले बताएका छन्।

प्रकाशित: २३ मंसिर २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast