प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईको टोलीबीच छलफल

हिमाल प्रेस २२ मंसिर २०८२ २१:००
52
SHARES
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईको टोलीबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए।

उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरू पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन्। प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो। तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा थियो।

प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ। अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए।

प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यता प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए। उनले प्रधानमन्त्री कार्कीले आगामी पुस २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेको समेत बताए।

प्रकाशित: २२ मंसिर २०८२ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast