एकताको डेब्यु फिल्म ‘हर्ष’ ले नौ दिनमा कमायो २८ लाख

हिमाल प्रेस २२ मंसिर २०८२ १५:००
18
SHARES
एकताको डेब्यु फिल्म ‘हर्ष’ ले नौ दिनमा कमायो २८ लाख

काठमाडौँ- एकता पौडेलको डेब्यु फिल्म ‘हर्ष’ ले प्रदर्शनको नौ दिनमा कमायो २८ लाख कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर २० सम्म फिल्मले २८ लाख २ हजार ३ सय ४६ रुपैयाँ कमाएको हो।

फिल्मको अहिलेसम्म ८ हजार ४ सय ३६ टिकट बिक्री भएको छ। पारिवारिक कथामा बनेको फिल्ममा खगेन्द्र लामिछने र वर्षा राउत मुख्य भूमिकामा छन्।

साथै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय गरेका छन्

प्रकाशित: २२ मंसिर २०८२ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast