‘लोकन्ती’ को गीत ‘जन्तीलाई मन पर्‍यो लोकन्ती’ सार्वजनिक

हिमाल प्रेस २२ मंसिर २०८२ १२:४५ | Monday, December 8, 2025
24
SHARES
‘लोकन्ती’ को गीत ‘जन्तीलाई मन पर्‍यो लोकन्ती’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘लोकन्ती’ को गीत ‘जन्तीलाई मन पर्‍यो लोकन्ती’ बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिकसँगै डान्सिङ शैलीमा सार्वजनिक गरिएको गीत कविर सिंह ठकुरीले गाएका हुन्।

सन्दीप डाँगीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका कलाकार यसराज गराच, ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय गरेका छन्।

फिल्म यही मंसिर २६ देखि प्रदर्शन हुनेछ। फिल्मको कथा परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वमा आधारित छ। फिल्म रञ्जित राना निर्देशन गरेका हुन्। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्।

फिल्ममा यसराज, ऋचा, विमला, कुमार र विकाशसँगै दमन रुपाखेती, गोविन्द प्रभालगायत कलाकारले अभिनय गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: २२ मंसिर २०८२ १२:४५ | Monday, December 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast