प्रलोपामा यी समिति गठन

हिमाल प्रेस २२ मंसिर २०८२ १०:३३
184
SHARES
प्रलोपामा यी समिति गठन

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले विधान मस्यौदा समिति गठन गरेको छ। जगप्रसाद शर्मालाई संयोजक  तोकिएको छ।

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबको अध्यक्षतामा आइतबार तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

विधान मस्यौदा समितिमा जगप्रसादसहित कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुक्साना कपालीसहित पाँच सदस्य छन्।

बैठकले निर्वाचन परिचालन तथा वार्ता संवाद समिति गठन गरेको छ। सो समितिमा जर्नादन शर्मा संयोजक, सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमि भट्टराईसहित चार सदस्य छन्।

यसैगरी, आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनका लागि राम कार्कीको संयोजकत्वमा मस्यौदा समिति बनाइएको छ। समितिमा सन्तोष परियार, डा.जनक शाह र मोनिका निरौला रहेका छन्।

प्रकाशित: २२ मंसिर २०८२ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast