जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्नविरुद्ध एमाले मोरङले दियो जाहेरी

हिमाल प्रेस १९ मंसिर २०८२ १८:१५
20
SHARES
जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्नविरुद्ध एमाले मोरङले दियो जाहेरी

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी घरमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ।

शुक्रबार जिल्लास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी दिएको जनाएको हो।

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जेन्जी आन्दोलनको घटनामा भएको क्षतिको छानबिन गर्न एमालेले कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको आधारमा जाहेरी दिएको जानकारी दिए।

जेनजी आन्दोलनको माग जायज भए पनि भदौ २४ गते आन्दोलनका नाममा घुसपैठ गरी विध्वंश मच्चाउनेहरूलाई कारबाहीसहित क्षतिपूर्तिको समेत माग गरिएको उनले बताए।

उनले आगजनी र तोडफोडमा संलग्न आफ्नै कार्यकर्ताहरूलाई पनि पक्राउ र कारबाही गर्न माग गरिएको उल्लेख गरे।

जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, पार्टी कार्र्यालयहरू, विभिन्न व्यक्तिका निजी घर गरी ७६ ठाउँमा आगजनी र तोडफोड गरिएको विवरण संकलन गरिएको छ।

नेकपा एमाले मोरङले प्रदेश सांसद उमाकान्त गौतमको संयोजकत्वमा ५ सदस्यीय क्षति विवरण संकलन समिति गठन गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८२ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast