‘पीआर’ मा बिदेसिने नेपालीको संघर्ष र भोगाइ उजागर गरेकाे छु: निर्देशक बस्नेत

हिमाल प्रेस १९ मंसिर २०८२ १२:३५
22
SHARES
‘पीआर’ मा बिदेसिने नेपालीको संघर्ष र भोगाइ उजागर गरेकाे छु: निर्देशक बस्नेत

काठमाडौँ- अस्ट्रेलियामा स्थायी बसोबासका लागि संघर्ष गर्ने नेपालीको कथामा आधारित फिल्म  ‘पिआर’ यही मंसिर २६ देखि हलमा लाग्दैछ। फिल्म मनोरञ्जनात्मकसँगै सन्देशमूलक रहेको निर्देशक शोभित बस्नेतले बताएका छन्।

फिल्मले सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको संघर्ष, भोगाइ र मेहनतलाई उजागर गर्ने प्रयास गरेको उनले उल्लेख गरे।

‘विदेशमा रहेका नेपालीजनले विदेश पुग्न जति संघर्ष गर्नुपर्छ, त्यहाँ स्थापित हुन पनि त्यत्तिकै मेहनत गर्नुपर्छ। हामीले यो फिल्ममा अस्ट्रेलियाको कथा समावेश गरेका छौँ,’ उनले भने, ‘अन्य देशमा जानेको पनि हालत यस्तै हो, यसले बिदेशिने सबैलाई समेट्छ, समग्रमा कथावस्तु राम्रो र सन्देशमूलक छ।’

फिल्मकी अभिनेत्री विनिता कार्कीले आफूले विद्यार्थीका रुपमा अस्ट्रेलियामा भोगेको समस्यालाई फिल्मको कथामा पाएको बताइन्। ‘मैले विद्यार्थीका रुपमा जे भोगेँ वा संघर्ष गरेँ, त्यही कथावस्तुलाई नै फिल्ममा देखाइएको छ। यो अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको कथा लागे ता पनि हरेक देश पुग्ने कै व्यथा यस्तै छ’, अभिनेत्री कार्कीले भनिन्।

फिल्ममा अभिनेत्री कार्कीसँगै सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म मंसिर २६ देखि नेपालसँगै अस्ट्रेलियामा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०८२ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast