काठमाडौँ- रञ्जित रानाको निर्देशनमा बनेको फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ३० सेकेन्ड ट्रेलरमा पारिवारिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको देखिन्छ।
काजी लिम्बूकाे कथा लेखन रहेको फिल्ममा एसराज गराच र मोडल ऋचा थापा मुख्य भूमिकामा छन्। साथै फिल्ममा विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारले अभिनय गरेका छन्।
सन्तोष न्यौपाने निर्माता रहेको फिल्म गौतम राज खड्काको सम्पादन, रोनिश तामाङ च्याङ्बाको छायांकन, विकास चौधरीको संगीत निर्देशनमा बनेको छ। फिलम यही मंसिर २६ देखि प्रदर्शन गर्ने टिमको तयारी छ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक गरिएको छ।
प्रकाशित: १८ मंसिर २०८२ १५:०७
प्रतिक्रिया



