कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष मागपत्र पेस गर्दै प्रलोपा अध्यक्ष ओजश्वी भट्टराई र केन्द्रीय सदस्य रुक्शना कपाली। तस्बिर : प्रलोपा
काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आज प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई छुट्टाछुट्टै पत्रमार्फत जेनजी जनआन्दोलन, आर्थिक सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेको निर्वाचनसम्बन्धी मागहरू पेस गरेको छ।
पार्टी अध्यक्ष सुदन किराँती, ओजश्वी भट्टराईले जेनजी जनआन्दोलनको सम्झौतापत्र यथाशीघ्र हस्ताक्षर गरी कार्यान्वयन गर्न आग्रह गर्दै सहिद, घाइते र आन्दोलनकारीको दीर्घकालीन राहत व्यवस्थामा सरकार गम्भीर हुनुपर्ने बताए। जेनजी आन्दाेलनका घटनालाई निष्पक्ष रूपमा छुट्याएर अभियोजन गर्ने र सुरक्षा निकायमा आवश्यक सुधारको कार्य सुरु गर्न पनि माग गरिएको छ।

प्रलोपाले किसानको अनुदान व्यवस्था सुधार, सहकारी पीडितलाई क्षतिपूर्ति, साना उद्यमीलाई सहयोग, रोजगारी सिर्जना, वैदेशिक रोजगार तथा शिक्षा क्षेत्र सुधार, महिला र जातीय विभेदविरुद्ध कारबाही र अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना जस्ता मागहरू अघि सारेको छ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीको सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ।
निर्वाचन आयोगसमक्ष पार्टीले अन्तर जिल्ला तथा अन्तर निर्वाचन क्षेत्र मतदान, वैदेशिक मतदाता र १८ वर्षदेखि उम्मेदवार बन्न सक्ने कानुनी व्यवस्था लागु गर्न आग्रह गरेको छ।
मागको पूर्णपाठ



