नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

हिमाल प्रेस १७ मंसिर २०८२ १४:३५
18
SHARES
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार पक्राउ गरेको हो।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर घटनासम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

हाल उनीहरूलाई म्याद थपका लागि विशेष अदालत लगिएको आयोग स्रोतले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८२ १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast