अझै बढ्यो सुनको भाउ

हिमाल प्रेस १७ मंसिर २०८२ १०:५३
8
SHARES
अझै बढ्यो सुनको भाउ

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ। आज चाँदीको मोल ११० ले बढेर तोलामा तीन हजार ६५५ निर्धारण भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: १७ मंसिर २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast