प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

हिमाल प्रेस १४ मंसिर २०८२ २१:२२ | Sunday, November 30, 2025
16
SHARES
प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन्।

मंसिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो।

यो समय (आइतबार) सम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मंसिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ।

प्रकाशित: १४ मंसिर २०८२ २१:२२ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast