विद्यालय कर्मचारीको परिषद्पछि अध्यक्ष तिवारी भन्छन्- ट्रेड युनियनको मर्मअनुसार अगाडि बढ्छौं, सरकारसँग छलफल हुन्छ

हिमाल प्रेस १४ मंसिर २०८२ ८:४७ | Sunday, November 30, 2025
74
SHARES
विद्यालय कर्मचारीको परिषद्पछि अध्यक्ष तिवारी भन्छन्- ट्रेड युनियनको मर्मअनुसार अगाडि बढ्छौं, सरकारसँग छलफल हुन्छ

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संगठनका सबै तहको सहयोग र एकताका कारण पाँचौँ राष्ट्रिय परिषद् सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। शुक्रबार र शनिबार काठमाडौँमा परिषद् सम्पन्न भएको घोषणा गर्दै उनले उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरे।

अध्यक्ष तिवारीले हालको विषम परिस्थितिमा पनि संगठनले आफ्नो गतिविधिलाई निरन्तरता दिँदै अगाडि बढ्न प्रतिबद्ध रहेको बताए। उनले भने,‘हामी सबैको साथ र सहयोगले केन्द्रको पाँचौँ राष्ट्रिय परिषद् सफल बनाउन सकेका छौँ। आगामी दिनमा पनि सांगठनिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउँछौँ।’

उनका अनुसार परिषद्ले संगठनको भूमिका, जिम्मेवारी र ट्रेड युनियनको मर्मअनुसार कर्मचारीको हकअधिकारका लागि लड्नुपर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ।

तिवारीले सरकारले विद्यालय कर्मचारीसँग सम्बन्धित समस्याहरू गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताउँदै छिट्टै सरकारसँग औपचारिक छलफल अघि बढाइने जानकारी दिए।

कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिवारीले संगठनलाई अझ सुदृढ बनाउँदै विद्यालय कर्मचारीको हकहितका मुद्दामा अडिग रहने दृढता दोहोर्‍याए।

प्रकाशित: १४ मंसिर २०८२ ८:४७ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast