काठमाडौँ- जनकपुर बोल्ट्सले कप्तान परिवर्तन गरेको छ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार हार बेहोरेको जनकपुरले सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा कप्तान परिवर्तन गरेको हो।
अनिलकुमार साहको ठाउँमा शनिबारको खेलमा जनकपुरले वायन पार्नेललाई कप्तान बनाएको छ। अनिललाई भने टिमबाहिर राखिएको छ।
उद्घाटन खेलदेखि सबै म्याचमा हार बेहोरेपछि अनिलको कप्तानी तथा ब्याटिङमाथि प्रश्न उठिरहेको थियो। गत वर्षको विजेत जनकपुर जारी एनपीएलमा पहिलो जितको खोजीमा छ।
सुदूरपश्चिमविरूद्धको खेलमा जनकपुरले टस जितेर ब्याटिङ गर्ने गर्ने निर्णय गरेको छ।
प्रकाशित: १३ मंसिर २०८२ १५:३६ | Saturday, November 29, 2025
प्रतिक्रिया



