एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य

हिमाल प्रेस १३ मंसिर २०८२ १२:३९ | Saturday, November 29, 2025
10
SHARES
एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ।

अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो।

मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १/१ विकेट लिए।

खेल जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ। नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

प्रकाशित: १३ मंसिर २०८२ १२:३९ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast