फाइल तस्बिर।
काठमाडौँ– नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल आज (शुक्रबार) राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरे।
केन्द्रीय कार्यालयमा रास्वपाले पार्टी प्रवेश कार्यक्रम राखेको थियो। पोखरेलसहित अन्य विभिन्न व्यक्तिहरूलाई रास्वपा प्रवेश गराइएको छ।
पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बताइएको छ।
प्रकाशित: १२ मंसिर २०८२ १७:०३ | Friday, November 28, 2025
प्रतिक्रिया




