चुनाव लड्न इच्छुक दलको संख्या १०८ पुग्यो

हिमाल प्रेस १२ मंसिर २०८२ ११:०८ | Friday, November 28, 2025
10
SHARES
चुनाव लड्न इच्छुक दलको संख्या १०८ पुग्यो

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन चाहने दलको संख्या बढेर १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म दल संख्या १०८ पुगेको हो।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म थपिएको छ। यसबीचमा अझ नयाँ दलहरू दर्ता हुने सम्भावना रहेको आयोगले जनाएको छ। हाल दर्ता प्रक्रियामा १६ दल छन्।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले मात्रै सहभागिता जनाएका थिए। यसपटक भने संख्या उल्लेखनीय रूपमा बढेको छ।

यसैबीच, आयोगमा दर्ता भएका दलको कुल संख्या १३९ पुगेको छ। बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्।

बुधबार सविन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए। जेनजी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलको संख्या अब २३ पुगेको आयोगले जानकारी दिएको छ।

प्रकाशित: १२ मंसिर २०८२ ११:०८ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast