सरकारले भयरहित निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

हिमाल प्रेस ११ मंसिर २०८२ १९:२८ | Thursday, November 27, 2025
6
SHARES
सरकारले भयरहित निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली- नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मंसिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा. रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताएका हुन्।

नेपाली जनतालाई निर्धक्कसँग उनीहरुको पेसा, व्यवसाय, राजनीतिलगायत कुरा शान्तिपूर्णरूपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। पार्टी एकतापछि विभिन्न सन्देश जनसमुदायसम्म पुर्‍याउन कार्यक्रम आयोजना गर्न लागिएको नेता रावलले बताए।

प्रकाशित: ११ मंसिर २०८२ १९:२८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast