काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो। समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए।
शुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटकपटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो।
गत आइतबार जसपाबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए। बिहीबार औपचारिक घोषणा हुन लागेको हो।
प्रकाशित: ११ मंसिर २०८२ ७:४८ | Thursday, November 27, 2025
प्रतिक्रिया





