मीराज ढुंगाना समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस १० मंसिर २०८२ १८:१६
4
SHARES
मीराज ढुंगाना समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मीराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ।

वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढ्न खोजेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘प्रधानमन्त्री राजीनामा देऊ, जेनजीका माग पूरा गर, दोषीलाई कारबाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए। प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

सो क्रममा जेनजी अगुवा मिराज ढुंगानाले जेनजी आन्दोलनको मर्म विपरीत सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएकाले आफूहरू विरोधमा उत्रिएको बताए।

उनले आफूहरूले अघि सारेको ९ बुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै अहिलेको अवस्थामा हुने निर्वाचनले देशलाई निकास नदिने उल्लेख गरे। उनले जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने बताए।

त्यस्तै जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उनीहरूले जनाएका छन्। यसअघि मंगलबार पनि सो समूहले सिंहदरबार आसपास प्रदर्शन गरेका थिए। आफूहरूको जायज माग प्रधानमन्त्रीलाई बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको उनीहरूको आरोप छ।

प्रकाशित: १० मंसिर २०८२ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast