काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोल २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १० मंसिर २०८२ ११:३२
प्रतिक्रिया


