निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड

हिमाल प्रेस ९ मंसिर २०८२ १७:०६ | Tuesday, November 25, 2025
10
SHARES
निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका हुन्।

देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन पार्टी अघि बढ्ने उनले बताए। प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै मंसिर ११ गते जसपाको एउटा समूहसँग एकता हुने जानकारी दिए। युवाहरूले उठाएका सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई पनि पार्टीले अघि बढाउने उनको भनाइ छ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापीरूपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए। उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे।

सहसंयोजक नेपालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा रहेकाले अब सो भवन तत्कालीन माओवादीको मात्रै नभएर समग्र नेपाली कम्युनिष्ट पार्टीको भएको जिकिर गरे।

प्रकाशित: ९ मंसिर २०८२ १७:०६ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast