काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई मंगलबार सिंहदरबार प्रवेशमा नेपाल प्रहरीले रोक लगाएको छ।
ढुंगानासहितको समूह सिंहदरबारतर्फ लाग्दा गर्दा प्रहरीले अवरोध गरेपछि सुरक्षा घेरा कडाइ गरिएको थियो। प्रहरीले जेनजी समूहलाई बल प्रयोग गरेर अनामनगरतर्फ धकेलेको जेनजी समूहका एक युवाले बताए।
जेनजी समूहले प्रधानमन्त्रीलाई विभिन्न मागहरू समेटिएको पत्र बुझाउने उद्देश्यले सिंहदरबार जाने तयारी गरेको थियो। तर सुरक्षा निकायले पूर्वसूचनाबिना भीड लिएर सरकार परिसरमा प्रवेश गर्न नदिने भन्दै रोक लगाएको बताइएको छ।
घटनास्थलमा केही समय तनाव उत्पन्न भए पनि प्रहरीले भीडलाई नियन्त्रणमा लिएसँगै स्थिति सामान्य बनेको छ।
प्रकाशित: ९ मंसिर २०८२ १३:०४
प्रतिक्रिया


