काठमाडौँ- मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५२०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ।
प्रकाशित: ९ मंसिर २०८२ १०:५३
प्रतिक्रिया


