घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ९ मंसिर २०८२ ६:४९ | Tuesday, November 25, 2025
8
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार (आज) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो। हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला अझ घट्ने सम्भावना हुन्छ।  मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

प्रकाशित: ९ मंसिर २०८२ ६:४९ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast