काठमाडौँ- कोकाकोलाले खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिला व्यवसायीलाई सक्षम तालिम दिएको छ।
महिला व्यवसायीको सीप विकास तथा सशक्तीकरणका लागि तालिम सञ्चालन गरेको कोकाकोलाले जनाएको छ। सक्षम तालिममा एक हजारभन्दा बढी महिला व्यवसायीको सहभागिता थियो।
तालिममा सहभागीलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम दिइएको थियो।
८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग सहकार्य गरेर सक्षम कार्यक्रमको सुरुवात गरेको थियो।
प्रकाशित: ३ माघ २०७९ १७:२२ | Tuesday, January 17, 2023
प्रतिक्रिया



