बोलेरो दुर्घटनामा एकजनाको मृत्यु

हिमाल प्रेस ७ मंसिर २०८२ ७:५७
4
SHARES
बोलेरो दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ- चितवनको कालिका नगरपालिकामा बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको हो।

उनले चलाएको बा १८ च ८९७३नम्बरको बलेरो कालिका ११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा शनिबार राति १०ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए। उनका अनुसार बलेरो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर् याइएको थियो। राति १०ः५२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

सिद्धिबाट कल्याण चौर तर्फ जाँदै गरेको बलेरो आफैँ अनियन्त्रित भई सडकदेखि करिव १५० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका स्थानीय नेता रहेका न्यौपाने यसअघि प्रदेश सभा सदस्यमा बागी उमेदवार थिए। स्थानीय सामुदायिक वनको पूर्व अध्यक्ष​ उनी​व्यावसायिक मौरीपालक समेत थिए। उनी रेडक्रस र रोटरी क्लबमा पनि आबद्ध थिए।

प्रकाशित: ७ मंसिर २०८२ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast