प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

हिमाल प्रेस ५ मंसिर २०८२ १५:५८ | Friday, November 21, 2025
16
SHARES
प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए। त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल दर्ता प्रक्रियामा रहेको उनले बताए।

निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीयलगायतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको उनले जानकारी दिए।

त्यस्तै प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने बताए।

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मंसिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: ५ मंसिर २०८२ १५:५८ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast