श्रेणीअनुसार शिक्षक, कर्मचारी, ईसीडीको भत्तादर सार्वजनिक, माग फाराम पेस गर्न अनुरोध

हिमाल प्रेस ४ मंसिर २०८२ १२:२८
1.8k
SHARES
श्रेणीअनुसार शिक्षक, कर्मचारी, ईसीडीको भत्तादर सार्वजनिक, माग फाराम पेस गर्न अनुरोध

काठमाडौँ- चिशंखुगढी गाउँपालिका, ओखलढुंगाले सामुदायिक विद्यालयलाई तलब, स्थानीय भत्ता तथा दिवा खाजासम्बन्धी माग फाराम पेस गर्न अनुरोध गरेको छ।

गाउँपालिकाले गत कात्तिक ३० गते विद्यालयलाई पत्र पठाउँदै  शिक्षक, कर्मचारी, प्रशिक्षक तथा बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि आ.व. २०८२/८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

पत्रमा कात्तिक र मंसिरको तलबभत्ता, साउनदेखि कात्तिक मसान्तसम्मको दिवा खाजाको विवरण तथा भदौको आधादेखि मंसिरसम्मका ३.५ महिनाको स्थानीय भत्ताको माग फाराम प्रस्तुत गर्न विद्यालयहरूलाई भनिएको छ।

गाउँपालिकाले शिक्षक/प्रशिक्षकको वर्ग तथा श्रेणीअनुसार स्थानीय भत्ताको दर समेत तोकेको छ। जसअनुसार माध्यमिक प्रथमका लागि रु. ६७००, माध्यमिक द्वितीय/निम्न माध्यमिक प्रथमका लागि रु. ५२५०, माध्यमिक तृतीय/निम्न माध्यमिक द्वितीय/प्राथमिक प्रथमका लागि रु. ३९४०, निम्न माध्यमिक तृतीय/प्राथमिक द्वितीयका लागि रु. ३२१० तथा प्राथमिक तृतीयका लागि रु. २७६० निर्धारण गरिएको छ।

यस्तो छ पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast