सेख हसिनाका छोरा भन्छन् – मेरी आमाले बंगलादेश नछोडेको भए…

हिमाल प्रेस ३ मंसिर २०८२ १६:०२ | Wednesday, November 19, 2025
90
SHARES
सेख हसिनाका छोरा भन्छन् – मेरी आमाले बंगलादेश नछोडेको भए…

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाका छोरा सजीव वाजिदले आमालाई सुनाइएको मृत्यदण्डसम्बन्धी सम्पूर्ण प्रक्रिया गैरकानुनी ढंगले भएको बताएका छन्।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेश सरकारले भारतसँग हसिनालाई प्रत्यर्पण गर्न माग गरेको छ।

हसिनाका छोरा सजीवले भारत बंगलादेशको सधैँ राम्रो मित्र रहेको बताएको सामाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

‘भारत सधैँ राम्रो मित्र रह्यो। संकटका समयमा भारतले मेरी आमाको ज्यान बचायो। यदि उनी बंगलादेश नछोडेको भए, चरमपन्थीहरूले उनको हत्या गर्ने योजना बनाइसकेका थिए। त्यसैले म मेरी आमाको ज्यान बचाइदिएकोमा प्रधानमन्त्री मोदीको सरकारप्रति सधैँ आभारी रहन्छु,’ उनले भनेका छन्।

हसिनालाई प्रत्यर्पण गर्न बंगलादेश सरकारले गरेको मागप्रति उनले प्रत्यर्पणका लागि न्यायिक प्रक्रियाको पालना गर्नुपर्ने बताए।

‘प्रत्यर्पणका लागि न्यायिक प्रक्रियाको पालना गर्नुपर्छ। अहिले बंगलादेशमा निर्वाचित सरकार छैन, यो असंवैधानिक र अवैध सरकार हो,’ सजीवले भने,‘आमालाई दोषी ठहराउन र उनको मुद्दालाई छिटो अन्त्य गर्न कानुनमै संशोधन गरियो। संसदविना कानुनमा संशोधन गर्न सकिँदैन। यसको मतलब कानुी संशोधन नै अवैध तरिकाले गरियो।’

उनले हसिनालाई आफ्नो पक्षका वकिल राख्न अनुमतिसमेत नदिइएको बताएका छन्।

‘आमालाई आफ्ना पक्षका वकिल राख्न अनुमति दिइएन। उनका वकिललाई अदालतसम्म जान छुट दिइएन। मुद्दा सुरू हुनुअघि नै १७ जना न्यायाधीशलाई हटाइयो र नयाँ न्यायाधीश राखिए, जसको अनुभव अत्यन्तै सीमित थियो र जो राजनीतिक रूपमा जोडिएका मानिन्थे,’ उनले भने।

सबैथोक अवैध ढंगले भएका कारण कुनै पनि देशले प्रत्यर्पण नगर्ने उनको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०८२ १६:०२ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast